काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टी तत्काल सरकारमा सहभागी नहुने भएको छ । सोमबार र मंगलबार काठमाडौंमा भएको पोलिटव्युरो बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
त्यसका लागि गठबन्धनमा आबद्ध दलहरूबारे पार्टीले अध्ययन अनुसन्धान गर्ने उनको भनाइ छ । उनले सरकारमा सहभागी हुने नहुने विषयमा निर्णय गर्ने अधिकार सचिवालयलाई दिइएको बताए ।
त्यस्तै सरकारमा सहभागी हुने विषयमा औपचारिक प्रस्ताव अहिलेसम्म नआएको उनले बताए ।
प्रतिक्रिया