काठमाडौं – प्रतिनिधिसभाका सदस्य प्रेमबहादुर आले र माया राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार उनीहरुले ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराबाट शपथ लिएका हुन् ।
राई नेपाली कांग्रेस र आले नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
यसअघि ७ पुसमा सांसदहरुले शपथ लिँदा उनीहरु छुटेका थिए । आले पारिवारीक शोकमा र राई अस्पतालमा भर्ना भएका कारण सो दिन शपथ लिन आएका थिएनन् ।
प्रतिक्रिया