काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न मन्त्रालयको कामकारबाहीबारे जानकारी लिएका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा विभिन्न मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूलाई बोलाई त्यसका कामकारबाहीको विवरण लिएका हुन् ।
सरकार प्रमुखको हैसियतले प्रधानमन्त्री दाहालले विभिन्न मन्त्रालय र निकायहरुको कामकारबाही जानकारी लिने काम सुरु गरेको भएको नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले जानकारी दिए ।
त्यसक्रममा सचिवहरूले आ–आफ्नो मन्त्रालयको प्रगति विवरण र आफूहरूले भोग्नु परेको समस्याका बारेमा प्रधानमन्त्री दाहालसमक्ष ब्रिफिङ गरेका थिए ।
तर सबै मन्त्रालयका सचिवहरूले सोमबार सबै विवरण भने प्रधानमन्त्रीसमक्ष पेस गर्न सकेका छैनन् । मुख्यसचिव बैरागीका अनुसार भोली पुनः छलफल हुने र प्रधानमन्त्री दाहालले नेपाल सरकार सचिवहरूलाई निर्देशन दिनेछन् ।
प्रधानमन्त्री भएपछि दाहालले पहिलो पटक विभिन्न मन्त्रालयका कामकारबाहीबारे चासो लिएका हुन् ।
प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री नियुक्त भएलगत्तै आर्थिक विकास र सुशासन आफ्नो मुख्य काम हुने प्रतिवद्धता व्यक्त गरेका थिए ।
प्रतिक्रिया