देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माघ २५ गते राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन गर्न आयोगको प्रस्ताव

देशान्तर

काठमाडौँ – निर्वाचन आयोगले आगामी माघ २५ गते बुधबार राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन गर्ने गरी मिति तोक्न सरकारलाई आग्रह गरेको छ ।

आयोगका पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राष्ट्रिय सभा उपनिर्वाचनको मिति तोक्न आग्रह गरेको हो ।
राष्ट्रिय सभामा लुम्बिनी प्रदेशबाट निर्वाचित सदस्य खिमलाल भट्टराईको २०७९ असोज २३ मा राजीनामा स्वीकृत भइ पद रिक्त भएपछि त्यहाँ उपनिर्वाचन गर्न लागिएको हो।

राष्ट्रपतिको पदावधि आगामी फागुन २८ गतेसम्म भएको र सोही मितिभन्दा अगाडि नै उपनिर्वाचन गराउनुपर्ने भएकाले माघ २५ को प्रस्ताव गरिएको निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रपतिको पदावधि सकिनुअघि नै राष्ट्रपति र उपराष्ट्रपतिको पनि निर्वाचन गर्नुपर्ने अवस्था रहेको पनि आयोगले प्रधानमन्त्रीलाई जानकारी गराएको छ।