देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अल्का अस्पतालमा ५ दिने निःशुल्क स्वास्थ्य शिविर सुरु

देशान्तर

काठमाडौँ – ललितपुरको अल्का अस्पतालले सोमबारदेखि ५ दिने निःशुल्क स्वास्थ्य शिविर सुरु गरेको छ । अस्पतालले मधुमेह, थाइराइड तथा हर्मन रोग विशेषज्ञ सेवा, आ.भि.एफ एण्ड इन्फर्टिलिटि विशेषज्ञ सेवा (निःसन्तान दम्पतीहरुका लागि) र न्युरो साइक्यिाट्रिक विशेषज्ञ सेवा शिविर सञ्चलन गरेको हो ।

शिविरमा सहभागी बिरामीहरुले महिना दिनसम्म अस्पतालमा उपचारका लागि फलोअप गर्नसक्ने अस्पतालले जनाएको छ । शिविरमा सहभागी इच्छुकलाई आइभिएफमा १ लाख छुटको व्यवस्था मिलाइएको छ । अस्पतालका प्रशासन प्रमुख भगवान केसीका अनुसार शिविरमा जाने बिरामीहरुले एमआरआइ र सिटी स्क्यान पनि निःशुल्क गरिने छ ।

उनले शिविरमा स्वास्थ्य जाँच गरिएकाहरुलाई चिकित्सकको सिफारिस अनुसार निःशुल्क ल्याब जाँच र औषधि वितरण गरिने बताए । शिविरमा आएका बिरामीहरुलाई १० दिनसम्मका लागि निःशुल्क औषधि उपलब्ध गराउने पनि उनले बताए । आवश्यक विशेषज्ञ सेवाबाट वञ्चित भइरहेका बिरामीहरुलाई लक्षित गरेर शिविर सञ्चालन गरेको भएपनि परीक्षणका लागि अस्पतालमा पुगेका सबैले परीक्षण गर्नसक्ने बताए ।

अस्पताल परिसरमा हुने शिविर पुस १८ गतेदेखि पुस २२ गतेसम्म ५ दिन चल्नेछ । शिविर कार्यक्रम बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।

अल्का अस्पतालले यसअघि लमजुङ्ग, मकवानपुर, काभ्रे लगायतका दर्जनौ जिल्लाहरुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिसकेको छ ।