काठमाडौँ – प्रभु बैंक लिमिटेडले डिजी प्रभु नामक नयाँ संस्करण सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकहरुलाई सरल, सहज र सुरक्षित डिजिटल बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले साविकमा सञ्चालन गरिरहेको प्रभु मोबाइल बैंकिङ सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नत्ति गरी थप बैंकिङ्ग सुविधा सहित डिजी प्रभु नामक नयाँ संस्करण सञ्चालनमा ल्याएको हो ।
बैंकले पुस १६ गतेदेखि सञ्चालनमा ल्याएको डिजी प्रभु मार्फत् प्रभु बैंकका ग्राहकहरूले आफुले चाहेको समयमा, जुनसुकै स्थानबाट मोबाईल, ट्याबलेट, ल्यापटपको माध्यमबाट प्रभु बैंकले उपलब्ध गराएका विभिन्न डिजिटल बैंकिङ्ग सेवाहरु उपभोग गर्न सक्ने छन् ।
उपलव्ध सेवाहरु उपभोग गर्नका लागि बैंकका हालका मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले आफ्नो मोबाईल बैंकिङ्ग एपलाई अद्यावधिक–अपडेट गरी तथा नयाँ प्रयोगकर्ताहरुले एप्पल स्टोर वा गुगल प्ले स्टोरबाट एपलाई डाउनलोड गरी प्रयोग गर्न सक्नुहनेछ ।
आधुनिक र नविनतम् प्रविधि प्रयोग गरेर बनाइएको मोबाईल बैंकिङ्ग एपको नयाँ संस्करण ग्राहकहरूले सजिलै वेब ब्राउजर https://digiprabhu.prabhubank.com को माध्यमबाट समेत प्रयोग गर्न सक्नुहुुनेछ ।
यस मार्फत् ग्राहकहरुले निम्न बैंकिङ्ग सुविधाहरुको लाभ लिन सक्नेछन् :
१. पासवर्ड र पिन बिर्सिएमा आफैँले रिसेट गर्न सकिने ।
२. मोबाईल बैंकिङ्गमा भएको Cardless सुविधा प्रयोग गरी ATM को माध्यमबाट नगद झिक्न सकिने ।
३. बैंकले दिने सेवा सम्बन्धी जानकारी वा समस्या परेमा सोधपुछ र दर्ता गर्न सकिने ।
४. बैंकका कर्मचारीहरुसँग भेटने समय सुनिश्चित गर्न सकिने ।
५. eVoucher को माध्यमबाट नगद निक्षेप गर्न सकिने ।
६. eCash को माध्यमबाट प्रभु बैंकमा खाता नभएका ग्राहकहरुले समेत मोबाईलमा प्राप्त कोडको आधारमा रकम झिक्न सकिने ।
७. FonePay तथा NepalPay QR मा Scan गरी QR कोडमा आधारित सरल भुक्तानी गर्न सकिने ।
उपरोक्त बैंकिङ्ग सुविधाहरुका अतिरिक्त डिजिटल भुक्तानी गर्न, फन्ड ट्रान्सफर गर्न, मुद्दति खाता खोल्न, आफ्नो खाताको विवरण हेर्न, स्मार्ट टेलरबाट कार्ड वा चेक साथमा नहुँदा पनि सोझै मोबाइल बैंकिङ्ग मार्फत QR कोड स्क्यान गरी भुक्तानी पाउने लगायतका सेवाहरु पनि ग्राहकहरुले उपभोग गर्न सक्नेछन् ।
डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई छिटो तथा सहज रुपमा बैंकिङ्ग सुविधा उपलब्ध गराउने लक्ष्य लिई आगामी दिनहरुमा मोबाईल बैंकिङ्ग सेवामा थप सुविधाहरु क्रमशः डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने, कार्डसँग सम्बन्धित विभिन्न सेवा थप गरी बैंकिङ्ग सेवालाई अझ बढी प्रभावकारी, प्रविधिमैत्री र ग्राहकमैत्री बनाउँदै लैजाने बैंकको उद्देश्य रहेको छ ।
प्रतिक्रिया