देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : ब्याजसहित २८ अर्ब पुग्यो

देशान्तर

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनले चर्को ब्याज लिने भएको छ । राष्ट्रिय गौरवका आयोजना अन्तरगत रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थ निर्माणमा चिनले दिएको ऋणमा २ प्रतिशत ब्याज लिने भएको छ । सुरुमा १.५ प्रतिशत ब्याजदरमा ऋण दिन तयार भएको चिनले पछि आफ्नो अन्तर्राष्ट्रिय ऋणको ब्याजदर सम्बन्धी नीति परिवर्तन भएको कारण देखाएरे २ प्रतिशत ब्याज लिने भएको हो । जसको कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा महंगो लागत देखिएको छ ।

हाल निर्माण सम्पन्न भएका र संञ्चालमा आएका गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी लगानीका निर्माण भएका छन । नेपाल सरकारले आफ्नो स्रोतबाट बनाउन नसकिने निष्कर्ष निकल्दै गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी लगानीको खोजी गरेको थियो । दुबै विमानस्थल विदेशी ऋण लगानीमा बन्न पुगेका छन ।

भैरहवा विमानस्थलका लागि एसियाली विकास बैंकले ६ अर्बभन्दा बढी ऋण १ प्रतिशत भन्दा कम ब्याजदरमा प्रदान गरेको छ । तर, पोखराको ऋणको तथ्य भने फरक र डरलाग्दो देखिएको छ । सरकारले पोखराका लागि २०३२ सालमा अधिग्रहण गरेको जग्गा अपुग हुने भएपछि करिब थप ८ अर्ब रुपैयाँ आफ्नै स्रोतबाट मात्रै खर्चिएन जग्गा अधिग्रहण गरेको थियो । निर्माणका लागी चीनको आयात–निर्यात (एक्जिम) बैंकबाट २८ अर्ब ५३ करोड रुपैयाँ (२१६ करोड डलर) लगानी ल्याउने गरी सम्झौता भएको थियो ।

त्यसमध्ये २५ प्रतिशत रकम ७ अर्ब १३ करोड रुपैयाँ (५४ मिलियन डलर) मा ब्याज नलाग्ने गरी सम्झौता भएको छ । तर, यो ब्याज नलाग्ने ऋणको साँवा भने किस्ताबन्दीमा तिर्नुपर्ने चिनले शर्त राखेको छ । यस्तै ७५ प्रतिशत अर्थात् २१ अर्ब ४० करोड (१६२ मिलियन डलर) मा भने २ प्रतिशत ब्याज तिर्नुपर्छ । सँगै त्यसको साँवा पनि अत्याधिक हुने भएको छ । यसले गर्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनको ऋण ‘आत्मघाती’ हुनसक्ने देखिएको छ ।
,
सम्झौता अनुसार उड्डयन प्राधिकरणले पोखरा विमानस्थल सञ्चालन भएको वर्ष अर्थात् यसैपालिदेखि नै सरकारलाई ऋणको किस्ता बुझाउन सुरु गर्नुपर्छ । यस्तो साँवा र ब्याजसहितको किस्ता रकम तिर्न मात्रै नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थलबाट वार्षिक औसत डेढ अर्बभन्दा बढी आम्दानी गर्न सक्नुपर्छ ।

सम्झौता हुँदा सुरुमा कुल २२ अर्ब रुपैयाँ बराबर मात्रै रहेको ऋण अहिले बढ्दै २८ अर्ब नाघेको छ भने ब्याज तिनुपर्ने ऋणको हिस्सा नै २२ अर्ब नाघेको छ । सरकारले सबै किस्ता तिर्दासम्म अमेरिकी डलरको भाउ बढ्दा थप वित्तीय भार बोक्नुपर्ने अवस्था देखिएको छ ।

महंगो ऋणमा बनेको परियोजनाले प्रतिफल नदिएमा सरकारका लागि आयोजना उपलब्धीविहीन हुनसक्छ । यो विमानस्थलमा ठूला क्षमता वाइडबडी विमानहरुले उडान गर्न सक्दैनन् । भौगोलिक तथा प्रविधिक कारण साना विमानहरुको उडान पनि पोखराका लागि जोखिमपुर्ण देखिएको छ । पोखरा विमानस्थलमा जोखिमपुर्ण रहेको भन्दै विदेशी वायुसेवा कम्पनीले पोखरा रोज्नेमा समस्या देखिएको छ ।