काठमाडौँ – नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको काम अझै केही दिन लाग्न सक्ने बताएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष ओलीले खेलकुदमन्त्री हाल नभएको प्रसंग उल्लेख गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिने काममा अझै दुई हप्ता लाग्न सक्ने बताएका हुन् ।
उनले खेलकुद क्षेत्रको विकासमा ध्यान दिन सरकारलाई आग्रह समेत गरे । उनले खेलाडीहरुले खेलकुद क्षेत्रको विकासमा राम्ररी ध्यान देओस् भनेर चाहेको उल्लेख गर्दै उनीहरुको सो माग सरकारसमक्ष पु¥याउन आफू लागिपर्ने आश्वासन समेत दिए ।
नयाँ खेलकुद मन्त्रीलाई पनि आफूले खेल क्षेत्रको विकासमा ध्यान दिन आग्रह गर्ने अध्यक्ष ओलीको भनाई छ ।
प्रतिक्रिया