काठमाडौं – साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार नेप्से परिसूचक १६.३४ अंकले बढेर २०४५.३७ बिन्दुमा पुगेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार यस दिन ४ अर्ब १ करोड ७ लाख ८३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन ११० कम्पनीको सेयर बढेको छ भने ९४ कम्पनीको सेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आइतबार सृजनशील लघुवित्तको सेयर मूल्इ १० प्रतिशतले बढेको छ । यो कम्पनीका सेयरधनीले प्रतिकित्ता १७६.५० रुपैयाँ बढेको छ ।
नविल बैंकको सेयर सबैभन्दा बढी संख्यामा कारोबार भएको छ ।
प्रतिक्रिया