देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश १ को पहिलो संसद बैठक बस्दै

देशान्तर

काठमाडौं –  प्रदेश १ को प्रदेशसभाको पहिलो अधिवेशन आइतबार बस्दै छ । नयाँ सांसद निर्वाचित भएपछि बस्न लागेको पहिलो अधिवेशन दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।

आइतबार बस्ने प्रदेश सभाको बैठकको अध्यक्षता प्रदेश सभाका ज्येष्ठ सदस्य, नेपाली कांग्रेसका गयानन्द मण्डलले गर्ने भएका छन् । उनले जेष्ठ सदस्यका रुपमा प्रदेश सभाका नवनिर्वाचित सदस्यहरुलाई शपथ समेत गराएका थिए ।

सातवटा प्रदेशमध्ये ६ वटा प्रदेशले अघिल्लो कार्यकालमै प्रदेशको नामाकरण र राजधानीको विषय टुंगो लगाए पनि प्रदेश १ ले भने नामाकरण गर्न सकेको छैन ।

यस अधिवेशनमा प्रदेश सभा सरकार गठन, सभामुख तथा उपसभामुखको निर्वाचन र प्रदेशका केही कानुन निर्माणमा केन्द्रित हुने छ ।

यस प्रदेशका सबभन्दा ठूलो दल एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जनता समाजवादी पार्टीका १ जना प्रदेश सांसद छन् ।