काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पर्याप्त गृहकार्य र सावधानी पुर्याउन नसक्दा सत्ताको राजनीतिमा पछि परेको बताएका छन् । ’राष्ट्रिय एकता तथा मेलमिलाप’को अवसरमा शनिबार एक वक्तव्य जारी गर्दै महामन्त्रीद्वय थापा र शर्माले नेपाली जनताको मतबाट हामी पहिलो दलका रूपमा विजयी को तर गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी पुर्याउन नसक्दासत्ताको राजनीतिमा पछि परेको उल्लेख गरेका छन् । ’नेपाली जनताको मतबाट हामी पहिलो दलका रूपमा विजयी भएकै हौँ। तर गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी पुर्यामउन नसक्दा केवल सत्ताको राजनीतिमा यो पटक पछि परेका मात्रै हौं।’ वक्तव्यमा उल्लेख छ ।
महामन्त्रीद्वय थापा र शर्माले निर्वाचनको बेला एउटा गठबन्धन र एउटा बाचाबन्धन गरेर जाने, तर निर्वाचनपछि अर्कै बाटो हिँड्ने बेइमानी कम्तिमा आफूहरूबाट नभएको दाबी गरेका छन् । ’हामी उच्च नैतिक बलका साथ दाबी गर्न सक्छौं कि निर्वाचनको बेला एउटा गठबन्धन र एउटा बाचाबन्धन गरेर जाने, तर निर्वाचनपछि अर्कै बाटो हिँड्ने बेइमानी कम्तिमा हामीबाट भएन ।’ वक्तव्यमा भनिएको छ ।
अब काँग्रेसले सरकारलाई गुण र दोषका आधारमा मूल्यांकन गर्ने उल्लेख गर्दै थापा र शर्माले जिम्मेवार प्रतिपक्षको रुपमा सशक्त भूमिका निर्वाह गर्ने उल्लेख गरे । ’नेपाली कांग्रेसले सरकारलाई गुण र दोषका आधारमा मूल्यांकन गर्नेछ, जनताप्रति जवाफदेही बनाउन जिम्मेवार प्रतिपक्षको रुपमा सशक्त भूमिका निर्वाह गर्नेछ। राष्ट्रिय राजनीति र जनचासोका विषयमा नेतृत्वदायी अग्रसरता लिनेछ’, वक्तव्यमा भनिएको छ ।
प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल भएर पनि नेपाली कांग्रेस प्रतिपक्ष बन्न पुगेको भन्दै त्यस्तो नहुनुपर्ने भनेर पार्टी पंक्तिमा गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाउनु अस्वाभाविक नभएको महामन्त्रीद्वयले उल्लेख गरेका छन् ।
प्रतिक्रिया