देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तीन महिनापछि बाँकेमा भेटिए कोरोना सङ्क्रमित

देशान्तर

काठमाडौं – बाँकेमा करिब तीन महिनापछि कोरोना सङ्क्रमित बिरामी भेटिएका छन् । नेपालगञ्जको जमूनाह नाकामा परीक्षणका क्रममा भारतबाट फर्कदैंगरेकी जाजरकोटकी ३० बर्षीया महिलामा कोरोना सङ्क्रमण देखिएको हो ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्रका सम्पर्क व्यक्ति तेज वलीका अनुसार असोज १ गतदेखि बाँकेमा कोभिड–१९ का सङ्क्रमित फेला परेका थिएनन् । बिहीबार फेला परेपछि यो पहिलो पटक हो । कोभिड सङ्क्रमण रोकिएपछि सीमामा स्वास्थ्य परीक्षण हुन छाडेकोमा पछिल्ला केही दिनदेखि फेरि स्वास्थ्य परीक्षणमा ध्यान दिन थालिएको छ ।

तीन महिनापछि कोभिड सङ्क्रमित बिरामी भेटिएपछि जिल्ला कोभिड –१९ व्यवस्थापन केन्द्रको बैठक बिहीबार बसेको छ । बैठकमा कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि ठोस र प्रभावकारी कदम चाल्ने निर्णय भएको छ । सीमा नाकामा स्वास्थ्य परीक्षणमा कडाइ गर्ने निर्णय गर्दै बैठकले स्वास्थ्य मापदण्ड पालनाका लागि आम नागरिकमा आग्रह गरेको छ ।