काठमाडौँ – नेपाली कांग्रेस मधेस प्रदेशको संसदीय दलको नेता चयनका लागि बिहीवार निर्वाचन हुँदैछ । कांग्रेसको संसदीय दलको नेता चयनमा सहमति हुन नसकेपछि बिहीबार दिउँसो ३ देखि ४ बजेसम्म मतदान हुन लागेको हो ।
संसदीय दलको नेताका लागि कांग्रेस मधेस प्रदेशका अध्यक्ष कृष्ण यादवले उम्मेदवारीसमेत दर्ता गराइसकेका छन् ।
संसदीय दलको नेताका लागि पूर्वभौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले पनि उम्मेदवारी दर्ता गराउने कांग्रेसले जनाएको छ ।
प्रतिक्रिया