काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवासमा सरेका छन् । ललितपुरको खुमलटारस्थित निजी निवासबाट उनी बुधबार साँझ सरकारी निवास सरेका हुन् ।
ज्योतिषी टिकाराम घिमिरेले जुराएको साइत अनुसार पाँच बजे सरिसक्नुपर्ने भए पनि उनी एक घन्टा ढिलोगरी प्रवेश गरेका हुन् ।अध्यक्ष दाहाल आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बुधबारै बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा गरेका छन्।
प्रतिक्रिया