काठमाडौँ – सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्तामा अधिवक्ता डा.दिनमणि पोखरेल नियुक्त भएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम उनलाई सो पदमा नियुक्त गरिएको हो । डा. पोखरेल प्युठानको झिमरूक गाउँपालिका–४ निवासी हुन् ।
उनलाई संविधानको धारा १५७ को उपधारा २ बमोजिम राष्ट्रपतिले नियुक्त गरेकी हुन् ।
प्रतिक्रिया