काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको मुख्य प्राथमिकता अर्थतन्त्र सुधार्नमै रहेको बताएका छन् । मंगलबार बिहान नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको भेटमा प्रचण्डले सरकारको मुख्य ध्यान अर्थतन्त्र सुधार्नमै रहेको बताएका हुन् ।
उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीको सुझाव ग्रहण गर्दै उनले निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्ने आश्वसन दिए । ‘मैले निजी क्षेत्रबाट यस्तै अपेक्षा गरेको थिए । परिसंघले स्पष्ट रुपमा सुधारका योजना दिएको छ, यसका लागि परिसंघलाई धन्यवाद।’ उनले भने, ‘मन्त्रिपरिषद्को पहिलो बैठकबाटै हामीले अर्थतन्त्रलाई नै प्राथमिकतामा राखेका छौं। निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्नेछौं’ उनले भने ।
अर्थतन्त्रको पुनरुत्थान आफ्नो पहिलो प्राथमिकता रहेको र मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय समेत भैसकेको उनको भनाई छ ।
प्रतिक्रिया