अमेरिकामा हिमआँधीमा परेर कम्तीमा ३८ जनाको मृत्यु भएको छ ।
हिमआँधीका कारण कान्सास, नेब्रास्का, ओहायो, न्युयोर्क, ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसीलगायतका राज्यमा ३८ जनाको मृत्यु भएको हो ।
आँधीबाट न्युयोर्कको बफेलो सहर सबैभन्दा बढी प्रभावित छ ।
बफेलोको नियाग्रा अन्तर्राष्ट्रिय विमानस्थलमा ४३ इन्च हिउँ जमेको छ ।
क्यानडामा ब्रिटिस कोलम्बियाको पश्चिमी प्रान्तको मेरिट सहर नजिकै हिउँको सडकमा बस पल्टिँदा चार जनाको मृत्यु भएको छ ।
आँधी आगामी केही दिनमा कम हुने मौसमविद्हरूले बताए छन तर अत्यावश्यक बाहेक यात्रा नगर्न उनीहरूले सल्लाह दिएका छन् ।
आँधीले केही दिनदेखि विनाश ल्याएको छ, तर पहिलेको ब्ल्याकआउटपछि बिजुली स्थिर रूपमा पुनस्र्थापित भएको छ ।
आइतबार २ लाखभन्दा कम मानिस बिजुलीबिहीन भएका थिए ।
अत्यधिक चिसोका कारण सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन सुझाव दिइएको छ ।
बिजुली नभएपछि कठ्यांग्रिएर मृत्यु हुन संख्या बढ्नसक्ने अधिकारीहरूले बताएका छन् ।
प्रतिक्रिया