काठमाडौं – मधेस प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको शपथ पुस १५ गते पद तथा गोपनियताको शपथ लिने भएका छन् । आज प्रदेशसभामा बसेको सर्वदलीय बैठकबाट पुस १५ गते दिउँसो २ बजे शपथका लागि समय निर्धारण गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले जानकारी दिए ।
नेपालको संविधानको धारा १७९ बमोजिम प्रदेश सभा सदस्यले प्रदेश सभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि कानुन बमोजिम शपथ लिनुपर्ने व्यवस्था छ । नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेश सभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्य गोविन्द बहादुर न्यौपानेले सांसदहरुलाई शपथ गराउने प्रदेशसभा सचिवालयले जनाएको छ ।
शपथका लागि दुई घण्टा अगावै निर्वाचित प्रदेशसभा सदस्यहरु राष्ट्रिय पोशाक वा आ–आफ्नो साँस्कृतिक पहिचान झल्किने पोशाकमा उपस्थिति हुन सचिवालयले अनुरोध गरेको छ ।
यस्तै, आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यले तीन दिनअगावै प्रदेशसभा सचिवालयमा जानकारी गराउनुपर्ने छ ।
प्रतिक्रिया