काठमाडौं – नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ । सोमबार बिहान पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
श्रेष्ठ राष्ट्रिय सभाका सांसद हुन् ।
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार अपराह्न ४ बजे राष्ट्रपतिसमक्ष सपथ लिँदैछन् । यससँगै श्रेष्ठलगायत मन्त्रीहरूको शपथ हुनेछ ।
माओवादीबाट को–को मन्त्री बन्ने भन्ने कुरा पनि टुंगिन बाँकी रहेको महराले बताए ।
प्रतिक्रिया