काठमाडौं – निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन् । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपराह्न ४ बजे सपथ लिने भएपछि देउवाले त्यसअघि नै बालुवाटार छाड्न लागेका हुन् ।
तर बूढानीलकण्ठस्थित उनको निजी निवास भने मर्मतका क्रममा रहेको छ । उक्त घरमा तत्काल बस्न मिल्ने अवस्था छैन ।
घर मर्मत नसकिएसम्म सभापति देउवा बूढानिलकण्ठकै कुनै एक होटलमा बस्ने तयारीमा छन् ।
प्रतिक्रिया