देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारको दाबी गर्न प्रचण्ड र ओली शीतलनिवासमा

देशान्तर

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने सहमति भएसँगै प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् । प्रधानमन्त्रीमा प्रचण्डको दाबी पेश गर्न उनीहरु राष्ट्रपति कार्यालय पुगेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरुलाई दिएको एक हप्ताको समय साँझ ५ बजे सकिँदैछ ।

ओली निवास बालकोटमा एमाले–माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपाबीच भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो ।

आइतबार बिहान बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीमा आफ्नो अडान नछाडेपछि प्रचण्ड बालकोट पुगेका थिए ।