देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फ्रान्सको राजधानी सहरमा किन भड्कियो हिंसा ?

देशान्तर

कुर्द समुदायमाथि शुक्रबार भएको घातक हमलापछि मध्य पेरिसमा हिंसा भड्किएको छ । प्रदर्शनकारीहरूले सडकमा जथाभावी कारहरू पल्टाए र आगजनी गर्नुका साथै प्रहरीमाथि ढुंगा प्रहार प्रहार गरेका थिए । जवाफमा प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको थियो ।  कुर्दिश सांस्कृतिक केन्द्र र रेस्टुरेन्टमा शुक्रबार भएको बन्दुक हमलामा तीन जनाको मृत्यु भएको थियो ।

आक्रमणपछि ६९ वर्षीय एक संदिग्ध पक्राउ परेका थिए । उनले आफू विदेशीहरूलाई घृणा गर्ने जातिवादी भएको बताएका थिए ।ती व्यक्तिले ‘धेरै प्रयोग गरिएको’ पिस्तौलले आक्रमण गरेको बताइएको छ ।

प्रदर्शनकारीले सुरक्षा घेरा तोड्न खोज्दा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । सयौं कुर्दहरू प्लेस डे ला रिपब्लिकमा शुक्रबार मारिएका तीन जनालाई श्रद्धाञ्जली दिन शान्तिपूर्ण रूपमा भेला भएपछि शनिबार हिंसा भड्किएको थियो ।

पूर्व रेलचालकसमेत रहेका संदिग्धमाथि प्रहरीले सोधपुछ गरेको छ । हत्या र हत्या प्रयासको आंशमा उनी पक्राउ परेका छन् । उनीमाथि जातिबादीको अर्को आरोप पनि लगाइएको छ ।