देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एक यादगार क्षण


पुस ३, २०७९ आइतबार यो दिन मेरा लागि महत्वपूर्ण थियो । बसन्त चौधरी फाउन्डेसन बीसीएफ र श्री लूनकरण दास–गंगादेवी चौधरी साहित्यकला मन्दिर यी दुई संस्थाद्वारा मेरो सम्मान कार्यक्रम राखिएको थियो । ‘बीसीएफ’का र कला मन्दिरका संस्थापक अध्यक्ष कवि बसन्त चौधरी हुन् र कला मन्दिरका अध्यक्ष मेघा चौधरी दुवैले मलाई सम्मानको प्रतीक र अभिनन्दन पत्र एकएक गरेर प्रदान गरेका थिए । उपस्थिति पर्याप्त, सम्भवतः सोचेभन्दा बढी, कला मन्दिरका उपाध्यक्ष हरिहर शर्माद्वारा मलाई एक हस्ताक्षरपत्रको विशाल गाता प्रदान गरिएको थियो ।

त्यसमा उपस्थित कैयौं साहित्यकारजनको हस्ताक्षर थियो, जसद्वारा आविष्कारी आख्यानकार उपाधि प्रदानको स्वीकृति प्रदान गरिएको बेहोरा थियो । त्यो गाता वा बोर्ड मैले अझै तह लगाउन सकेको छैन त्यसको भव्यताका कारण । अरु थियो । दुर्गा, सरस्वती र लक्ष्मीको रौज्य मूर्ति र मेघा चौधरीद्वारा प्रदत्त अभिनन्दनपत्र उचित र स्थानमा स्थित गर्नै तरखरमा छु बसन्त चौधरी, मेघा चौधरी र हरिहर शर्माले राम्रोसँग मेरोबारेमा बोलेका थिए र मैले आफ्नो धन्यवाद ज्ञापन गरेको थिएँ । साहित्यकार पत्रकार, वरिष्ठ कनिष्ठ सबको राम्रो उपस्थिति थियो पुष्पवृष्टि केक समारोह आदि यस्तरी गरिएको थियो, जसले कार्यक्रम यति भव्य भएको थियो कि, बयान गर्दा अतिश्योक्ति लाAll Postsगोस् । त्यसकारण यसलाई यति नै रहन दिउँ । म अभिभूत भएको थिएँ । नेपाल टेलिभिजनबाट आएका साहित्यकार टंक उप्रेतीले मेरो एक अन्तर्वार्ता लिएका थिए ।

त्यसमा मैले भनेको छु, बसन्त चौधरी स्वयं कवि र गीतकार भएकाले उनले मेरो लेखनको कदर गरेका हुन् । यो सम्मान मेरो लेखनको सम्मान हो । आफ्नो लेखनको सम्मान भएको प्रत्येक लेखकलाई मन पर्छ । त्यो कुराकानी आउन बाँकी छ, कुनै दिन आउला । नेपाल टेलिभिजनले त्यस कार्यक्रमको समाचार पनि प्रसारित गरेको थियो ।

त्यसै अवसरमा मबारेको एक ग्रन्थ पनि विमोचित भएको थियो । ‘ध्रुवचन्द गौतम, आविष्कारी आख्यानका दशकहरू ।’ त्यसमा कैयौं साहित्यकारले आफ्ना लेख–रचनाले मलाई ऊर्जा प्रदान गरेका छन् । पुस्तकका सम्पादक खुमनारायण पौडेल र इशान गौतम हुन् ।

स्टेजमा बोल्दा मैले भनेको थिएँ– ‘मैले यस पुस्तकको एउटा लेख पनि पढेको छैन, तर सम्पादकहरूको परिश्रम मलाई थाहा छ, त्यसकारण उनीहरूलाई पनि धन्यवाद ।’ यी सब सदैव रहिरहने कुरा हुन् । अविस्मरणीय । दुवै संस्थाका पदाधिकारीले निमन्त्रणा पत्रदेखि अन्य सारा व्यवस्था, यति भव्य र वातावरणलाई समग्र कार्यक्रमलाई यति शालीन र यादगार बनाउन परिश्रम गरेका थए कि मैले सोचेभन्दा ‘ग्रेटर’ भएको थियो । यस्तो अविस्मरणीय समारोह यदाकदा नै देखिन्छ । सबैलाई धन्यवाद दिन्छु । यस्तो कार्यक्रम हुँदा लाग्छ मेरो लेखनको सार्थकता अनुभव हुन्छ, समाजले केही गरेको अनुभव हुन्छ । त्यसकारण…. म अहिलेसम्म त्यसै सम्मानबारे सोच्दैछु, जुन मेरो लेखनको सम्मान हो ।
बसन्त चौधरीसँग मेरो भेट कविकै रूपमा भएको हो । मैले आफ्नो उद्गारमा भनेको थिएँ, ‘उनीसँगको मेरो सम्बन्ध वर्षमा होइन, दशकमा गन्नुपर्ने हुन्छ ।’

मलाई लाग्छ साढे चार दशकअघिको सम्बन्ध हो । उनीसँग मैले एउटै कार्यक्रम सेयर गरेर गीत गाएको पनि छु । सुसेली बजाएको छु र अन्तर्वार्ता लिएको छु । एउटा अर्काे कुरा छ । नारायणगोपाल गुरुवाचायलाई उनी अत्यन्त मान्दछन् । नारायणगोपालको नाउँमा पुरस्कार पनि स्थापित गरेका छन् । नारायणगोपाल मेरा पनि मित्र थिए । नारायणगोपालसँग मेरो अन्तिम भेट बसन्तकै खिचापोखरीमा भएको थियो । आज टीभीहरूमा नारायणगोपालले गीत गाएका देखाइन्छ । त्यो ‘नारायणगोपाल संगीत सन्ध्या’ के हो । त्यसमा म पनि श्रोताका रूपमा उपस्थित थिएँ । त्यो सम्भवतः उनको अन्तिम विशेष कार्यक्रम थियो । त्यो कार्यक्रमको आयोजना बसन्त चौधरीले गरेका थिए । बसन्त चौधरीका पुस्तकहरू प्रकाशित छन् । उनका देशविदेशमा काव्य–पाठ भएका छन् । बाहिरका साहित्यिक संस्थाले उनलाई पुरस्कृत पनि गरेका छन् । उनको एक कविता संग्रह आठ भाषामा प्रकाशित भएको छ । मैले देख्दा त्यो एक रेकर्ड हो । आफ्नो गीत लेखनका लागि पनि उनीले कुनै बखत जनताको मतद्वारा प्रथम भएर पुरस्कृत भएका छन् । उनको साहित्य कलाप्रति अनुराग नभएको भए, मेरो लेखनको सम्मानको त्यो समारोह कसरी हुँदो हो ? यस्तो म सोच्दछु ।

एउटा भेट, थालनीको यस्तो पनि छ । ….‘नेपालको पहिलो बालअखबार’ भेर म ‘कलिलो’ निकाल्दथेँ, त्यसैको सदस्य मेघा चौधरीलाई बनाउन उनको अफिस पुगेको थिएँ मेला त्यसबखत सानी थिइन् र बाल अखबारको सदस्य बन्न एकदम उपयुक्त थिइन् अहिले तिनै मेघा मलाई सम्मान गर्ने संस्थाकी अध्यक्ष छिन् । उनीलाई मैले हुर्किरहेको देखेको छु ।
बसन्त चौधरीको घरमा भोजनका लागि पनि म आमन्त्रित भएको छु । उनकी श्रीमती मीना चौधरीको पाक–कलाको त मैले एक पुस्तकमा बयान पनि गरेको छु । श्रीमती मीना चौधरी बाहिर कुनै कार्यक्रममा भेट्दा जहिले पनि भन्छिन् । ‘कल आइये खाने पर ।’
‘वासुदेव फिल्मका निर्देशक नीर शाह हुन् ।’ त्यसको लेखक मलाई बनाए, किनभने त्यो फिल्म मेरो उपन्यास कट्टेल सरको चोटपटक’मा आधारित थियो । त्यसका निर्माता विनोद चौधरी हुन् । बसन्तका भाइ अरुण चौधरी नवनिर्वाचित सांसद छन् । यसरी उनको परिवारलाई म चिन्दछु । बसन्त बढी निकट भए, यसकारण कि उनी कवि हुन् ।
अस्तिको समारोहको परिकल्पनाकार बसन्त चौधरी नै हुन् । परिचित त अरु पनि छन् यस्तो कार्यक्रम गर्न सक्ने, तर बसन्त स्वयं साहित्यकार हुनाले नै यो सम्भव भयो, यस्तो मेरो धारणा छ ।