काठमाडौँ – करिब एक महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले शुक्रबारदेखि पुनः उत्पादन सुरु गरेको छ । गएको मङ्सिरको पहिलो हप्ताबाट सिमेन्ट उत्पादन गर्ने क्रममा आगो बाल्ने भट्टीमा प्रयोग हुने प्रि फिल्टर फ्यान, विद्युतीय मोटरलगायत केही उपकरण बिग्रिएर उत्पादन बन्द थियो ।
२०३२ सालमा स्थापना भएकोे हेटौँडा सिमेन्ट उद्योगले २०४३ मङ्सिरदेखि व्यवसायिक रुपमा उत्पादन सुरु गर्दैआएको छ ।
उद्योगमा अहिले दैनिक १२ हजारदेखि १६ हजार बोरासम्म सिमेन्ट उत्पादन हुने गर्छ । उद्योगबाट उत्पादित सिमेन्ट हेटौँडाल ,काठमाडौँ, पोखरा, भैरहवा, धनगढी, नेपालगञ्ज, विराटनगरलगायत सहरमा बिक्रवितरण भइरहेको उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले जानकारी दिए ।
प्रतिक्रिया