काठमाडौँ – बिहीवार भएको प्रतिनिधिसभा सदस्यको शपथमा सहभागी हुन नसकेका २ सांसदले शुक्रवार शपथ लिएका छन् । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामकुमार राई र महेन्द्र राय यादवले शुक्रवार पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
सांसदद्वय राई र यादवलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले संघीय संसद सचिवालय सिंहदरबारमा शपथ गराएका हुन् ।
उपत्यका बाहिर रहेका यादव र राई दुवै जना मौसम प्रतिकूलताका कारण हवाई उडान ढिलो हुँदा बिहीबारको शपथ ग्रहण समारोहमा सहभागी हुन सकेका थिएनन् ।
एकीकृत समाजवादीका प्रेमबहादुर आले र नेपाली कांग्रेसकी माया राई पनि शपथ ग्रहण समारोहमा छुटेका थिए । आले पारिवारिक शोकमा छन् भने र राई सुत्केरी भएकाले अस्पतालमा भर्ना भएकी छन् ।
उनीहरुले आफ्नो अनुकूलतामा शपथ लिन सक्ने संसद सचिवालयले जनाएको छ ।
प्रतिक्रिया