काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूले असाध्यै गम्भीरता र गौरवको अनुभूति गरिरहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा सदस्य पदको सपथ ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जन्मदिनकै भोलिपल्ट आफ्नो राजनीतिक जन्म भएको प्रतिक्रिया दिए ।
बुधबार जन्मदिन मनाएको र आज सपथ ग्रहण गरेको उल्लेख गर्दै उनले भने, ‘म जे गर्छु, इमान्दारितापूर्वक गर्छु भनेर मोट मागेको छु। म इमान्दारिता सवैप्रति दर्शाउँछु। सानो भएर काम गर्नुपर्छ भन्ने लागेको छ ।’
पहिलोपटक सांसद निर्वाचित शर्माले संसदीयमा आफ्नो भूमिकालाई अर्थपूर्ण बनाउने सक्रिय रहने बताएका छन्।
प्रतिक्रिया