देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सांसदको शपथका लागि निर्वाचन आयोगको प्रमाणपत्र अनिवार्य

देशान्तर

काठमाडौँ – प्रतिनिधि सभाका सांसदहरूले शपथ ग्रहणका लागि आउँदा निर्वाचन आयोगले प्रदान गरेको निर्वाचित प्रमाण पत्र अनिवार्य ल्याउनुपर्ने भएको छ । केही बेरमा सुरु हुने शपथ ग्रहणमा सांसदले निर्वाचित प्रमाण ल्याउन छुटाए शपथ ग्रहण गराउन नसकिने संघीय संसद् सचिवालयका रोजनाथ पाण्डले जानकारी दिए ।
उक्त प्रमाणपत्र संसद् सचिवालयले भेरिफिकेशन गरेपछि मात्र सांसदहरुलाई शपथ ग्रहणमा सहभागी गराइने छ ।
संसदका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नवनिर्वाचित सांसदहरूलाई शपथ गराउँदैछन् ।