काठमाडौँ – प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले शपथ लिनुअघि सर्वदलीय बैठक सुरु भएको छ । सङ्घीय संसद्को शंकर हलमा बैठक सुरु भएको हो ।
शपथ ग्रहण समारोहलाई व्यवस्थित बनाउन भन्दै ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले सर्वदलीय बैठक बोलाएका हुन् । बैठकमा संघीय संसद प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरू सहभागी भएको संसद सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभाका २७४ सांसदलाई ज्येष्ठ सदस्य जवराले सपथ ग्रहण गराएपछि सांसदहरुको सम्मानमा चियापन कार्यक्रम राखिएको छ ।
प्रतिक्रिया