देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्से सूचक ५ अंकले घट्यो

देशान्तर

काठमाडौँ – साताको चौथोे कारोबार दिन बुधबार नेप्से परिसूचकमा गिरावट आएको छ । बुधबार नेप्से परिसूचक ५.८९ अंकले ओरालो लागेर १८६७.२२ विन्दुमा पुगेर रोकिएको छ । मंगलबार सेयर बजार १४.२२ अंकले वृद्धि भएको थियो ।

बुधबार २५२ कम्पनीको कारोबारमा २४ लाख ४० हजार ३०७ कित्ता सेयर किनबेच भएको र ८६ करोड ३८ लाख भन्दा बढीको सेयर किनबेच भएको छ ।

यस्तै, एनआइसि एसियो बैंकको सेयर कारोबार सर्वाधिक भएको छ । बैंकको ११ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । नविल बैंकको ३ करोड भन्दा बढीको कारोबार भएको छ । आँधिखोला लघुवित्त वित्तीय संस्थाको र सृजनशिल लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

१३ वटा उपसूचकहरूमध्ये बैंकिङमा ०.२७ प्रतिशतले वृद्धि भएको छ । बाँकी सबै उपसूचकहरु राताम्मै भएको छ । सबैभन्दा धेरै फाइनान्स र अन्य उपसूचकमा ओरालो लागेको नेप्सेले जानाएको छ ।