देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मधेश प्रदेशमा सांसदको शपथ गराउने ज्येष्ठ सदस्यको टुंगो लाग्यो

देशान्तर

काठमाडौँ – मधेश प्रदेशका प्रदेश सभाका सांसदहरुलाई शपथ खुवाउने ज्येष्ठ सदस्यको टुंगो लागेको छ । ज्येष्ठताका आधारमा नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य गोविन्द बहादुर न्यौपानेले शपथ गराउने प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

न्यौपानेको उमेर ७१ वर्षको रहेको छ । यद्यपि न्यौपाने अस्वस्थ रहेमा शारदा शंकर कलवारले सांसदहरुको शपथ गराउने तयारी भएको छ ।
शारदा शंकरको उमेर ७० वर्ष रहेको छ । प्रदेश सभा सदस्यलाई शपथग्रहण कहिले गराउने भन्नेबारे भने अहिलेसम्म निश्चित भएको छैन ।

सचिवालयले अगामी आइतवार सर्वदलीय बैठक बोलाएको छ । सो बैठकबाट शपथ ग्रहणको मिति तय हुने छ ।