देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड हाराहारी

देशान्तर

काठमाडौं – नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ करोड ९४ लाख नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार कात्तिक मसान्तसम्म क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक संख्या १ करोड ९४ लाख ३ हजार ६ सय ८० पुगेको हो ।

तिनमा क वर्गका बैंकका यस्ता ग्राहक १ करोड ६९ लाख ३४ हजार २ सय १९ छन् । त्यस्तै, ख वर्गका यस्ता ग्राहक २३ लाख ४७ हजार २५१ र ग वर्गका १ लाख २२ हजार २१० रहेका छन् ।

इन्टरनेट बैंकिङका ग्राहक पनि चालू आर्थिक वर्षको चार महिनासम्म १७ लाख ५० हजार ९३६ पुगेका छन् । तिनमा क वर्गका संस्थाका १३ लाख ११ हजार ५८७, ख वर्गका ४ लाख २८ हजार ३६२ र ग वर्गका १० हजार ९८७ रहेको राष्ट्र बैंकले जनाएको छ ।