देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल मलेसिया सँग पराजित

देशान्तर

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली मलेसियाको महिला टोलीसँग पराजित भएको छ ।

मलेसियाको कोटा किनाबालुस्थित युएमएस स्टेडियममा आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल मलेसियन महिला टोलीसँग ४–१ गोलअन्तरले पराजित भएको हो ।

त्यस्तै यही जेठ ८ गते भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मलेसियासँग १–१ गोलको बराबरी खेलेको थियो ।

मलेसियाको जितमा शेरेइलिएन इले पिउसले– २ तथा नरअथिराह ममत र पुटेरीन नोरालिसाले समान एक÷एक गोल गरिन् । यता नेपालका लागि भने कप्तान सजना रानामगरले एक सान्त्वना गोल फर्काइन् ।