देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पत्रकार महासंघको महाधिवेशन असार तेस्रो साता

देशान्तर

काठमाडौं । नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आउदो असारको २२ र २३ गते काठमाडौंमा हुने भएको छ । प्रेस स्वतन्त्रता दिवसका अवसरमा बैशाख २१ र २२ गते हुनुपर्ने महासंघको महाधिवेशन पहिलो स्थानीय तहको निर्वाचनका कारण पर सरेको थियो ।

त्यसपछि महासंघले जेठको २१ र २२ गते महाधिवेशन गर्ने भनेको थियो । तर जेठको ३१ गते पनि दोश्रो चरणको स्थानीय निर्वाचन हुने भएकाले महासंघको महाधिवेशन पछि धकेलिएको हो ।

नेपाल पत्रकार महासंघको महासंघको बुधवार बसेको बैठकले महाधिवेशनको मिति तय गर्दै व्यवसायीक पत्रकारिताको आधार ः प्रेस स्वतन्त्रता र श्रम अधिकार भन्ने नारा पनि तय गरेको छ ।