काठमाडौँ – नेपाली बजारमा सुनको मुल्य एकैदिन एक हजार रुपैयाँले बढेको छ । बुधबार सुनको मुल्य बढेर एक लाख एक हजार रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो मुल्य मंगलबारको भन्दा एक हजार रुपैयाँले बढी हो ।
मंगलबार ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन बुधबार प्रतितोला एक लाख पाँच सय रुपैयाँ कायम भएको छ ।
यस्तै, बुधबार चाँदीको पनि मुल्य बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर एक हजार चार सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया