देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेतान्याहु इजरायलको प्रधानमन्त्री बन्ने सम्भावना

देशान्तर

इजरायलमा नेता बेन्जामिन नेतान्याहुले सरकारको नेतृत्व गर्ने सम्भावना बढेको छ ।

इजरायलको संसदले नेतान्याहुको दक्षिणपन्थी लिकुड पार्टीका वरिष्ठ सदस्य यारिभ लेभिनलाई नयाँ सरकार गठनअघि नयाँ सभामुखको रूपमा चयन गरेको छ । नेतान्याहुको नजिक रहेका उनलाई सभामुख बनाइएकाले अब नेतान्याहुलाई नै देशको सम्भावित प्रधानमन्त्रीको रुपमा हेरिएको हो ।

लेभिन सभामुख बनेपछि लिकुड पार्टीको नेतृत्वमा नयाँ गठबन्धन सरकार गठनको बाटो खुल्नेछ । यद्यपि, इजरायली राजनीतिक विश्लेषकहरुले लेभिनलाई अस्थायी रूपमा पदमा ल्याइएको बताएका छन् । नयाँ सरकार गठन भएपछि उनलाई मन्त्रिपरिषद्मा महत्वपूर्ण भूमिका दिइनेछ ।

गत महिना भएको निर्वाचनमा नेतान्याहुको लिकुड पार्टीले इजरायलको संसदमा बहुमत हासिल गरेको थियो । चुनावमा उनको पार्टी सबैभन्दा ठूलो दल बनेको थियो । देशमा नयाँ सरकार गठनका लागि लिकुड पार्टीले अतिवादी सत्तारुढ दलसँग गठबन्धन बनाएको छ । विगत २–३ वर्षदेखि इजरायलको राजनीतिमा धेरै उथलपुथल भएको छ ।

यसपटक सरकार बनेपछि मुलुकमा स्थिर सरकार बन्ने अपेक्षा गरिएको छ । तर, जितपछि नेतान्याहुले दक्षिणपन्थी सरकार गठनको अर्को पाइला पूरा गरेको बताएका छन् । नयाँ सरकारले इजरायलका सबै नागरिकको हितमा काम गर्ने अपेक्षा गरिएको छ ।