हरिद्वारको कनखल भन्ने ठाउँमा गंगाको जुन धारा बग्दछ, त्यो इन्द्रको ऐरावत हात्तीले उशीवर नामक पहाडको शिखरलाई भत्काई सम्म पारेर ल्याएको धारा हो भन्छन् । त्यसै कनखलको गंगा किनारमा एक ब्राह्मण तपस्या गरेर बसेको थियो । तपद्वारा उसकी पत्नीको गर्भबाट ब्राह्मणका तीन पुत्र भए ।
तीन पुत्र ठूला भए । उनका मातापिताको मृत्युपछि ती तीनै ब्राह्मण–पत्र जीविकाको खोजीमा दक्षिणतिर लागे । हिँड्दाहिँड्दै तिनीहरू समुद्र तटको एक एक नगर चियिनी पुगे । त्यहाँ तिनको भेट भोजिक नामक एक ब्राह्मणसँग भयो । तिनले भने– ‘हामी यहाँ जीविकाको खोजीमा आएका हौं । यो चिचिनी नगर हामीलाई मन परेको छ, त्यसकारण हामी यही बसोबास गर्न चाहन्छौं केही सहायता पाउँ ।’ ब्राह्मणले केही सोचेर भन्यो– ‘तपाईंहरू मेरै घरमा बस्नुहोस् ।’
त्यसपछि तीनै दाजुभाइ ओजककै घरमा निवास गर्न थाले । ओजकका तीन कन्या थिए । तीनै विवाह योग्य थिए । ब्राह्मणले यिनलाई योग्य बर ठानेर आफ्ना तीनै कन्याको विवाह, यी तीन कुमारसँग गरिदिए । अब ती बाह्मणहरू ससुरा बनेका ओजकका घरमा सुख मानेर बस्न थाले । काम भने केही गर्दैनथे ।
एकपटक चिचिनी नगरमा भयानक अनिकाल प¥यो । भोजको घरमा पनि अनिकालको असर प¥यो । पहिले अन्न पातको कमी नभएको घरमा घोर दरिद्र व्यग्र भयो ।
ती तीनै ब्राह्मण दाजुभाइ एकदिन खबरै नगरी घरबाट भागे । तीनै पत्नी घरमा एक्लै बस्न थाले दुःखी भएर । तीन दिदी बहिनीमा मेल थियो । ती आफ्नो चरित्रको रक्षा गर्दै कष्टकर जीवन बिताउन थाले । तीनमध्ये महिली चाहिँ बहिनी गर्भवती थिई । महिलीबाट एक तेजस्वी पुत्रको जन्म भयो । तीन जना दिदी बहिनी त्यो शिशुलाई अत्यन्त माया गर्दथे ।
एकदिन ती दिदीबहिनी पालो शिशुलाई आफ्नो काखमा लिई खेलाइरहेका थिए । त्यसै बखत संयोगले भगवान् शिव–पार्वती आकाश मार्गबाट घुम्न निस्केका थिए । पार्वती धर्तीमा ती दिदी बहिनीका बालकप्रतिको बात्सल्य देखेर अन्यन्त प्रशन्न भइन् । उनीले शिवजीलाई भनिन् ‘हेर्नुहोस् त भगवान् ती तीनै दिदीबहिनी कति स्नेहले त्यस शिशुलाई ख्वाई खेलाइरहेका छन् । यो बालक पछि यिनीहरूको पालक पोषण गर्न सकोस् । यस्तो प्रबन्ध गरिदिनु हवस् ।’
शिवले मुसुक्क हाँसेर भने ‘यो बालकले पूर्व जन्ममा पसिनाका साथ मेरो निकै भक्ति गरेको थियो । यसको पत्नीको नाउँ पूर्वजन्ममा पाटली थियो । यसको त्यो पत्नी अहिले राना महेन्द्र बर्माकी छोरीका रूपमा जन्मेकी छ । महेन्द्र बर्माकी त्यो राजकुमारी यस जन्ममा पनि यसकी पत्नी नै हुनेछ । तिमी भन्छ्यौं भने म यी दुःखी माताहरूलाई अहिल्यै केही आवश्वासन दिन्छु शिवले यति भन्दाभन्दै रात पर्यो ।
यता शिशुलाई सुताएर तीनै दिदी बहिनी पनि निदाए । रातमा तीनैले एक अचम्मलाग्दो सपना सँगसँगै देखे । तिनका अगाडि साक्षात् भगवान् शिव प्रकट भए र भने ‘तिमीहरू तीनैजना यो बच्चालाई पुत्रक–पत्रक भनिरहन्छौं भविष्यमा पनि यो शिशु पत्रक नाउँले नै प्रसिद्ध हुनेछ, प्रत्येक दिन यसको सिरानमुनि एक लाख असर्फी प्राप्त हुनेछ र पछि गएर यो राजा पनि बन्नेछ ।’
महादेव त्यति भनेर अलप भए । तीनै दिदीबहिनी सपनाबाट झल्यांस्स ब्युँझे । तीनैले एउटै सपनालाई साटासाट गरे र शिवप्रति आफ्नो नमन अर्पित गरे ।
समय बित्दै गयो । पुत्रक ठूलो हुँदै गयो । अब तिनीहरू सबै खुसी र आनन्दित थिए । महादेवले वरदान दिएअनुसार दिनदिनै सिरानमा एक लाख असर्फी प्राप्त हुन्थ्यो । अब सुखी र सम्पन्न थियो त्यो परिवार । पुत्रक प्रतिदिन कैंयौं स्वर्ग मुद्रा दानमा दिन्थ्यो । क्रमशः उसको ख्याति चारैतिर फिँजियो । यो कुरा उसका भागेका पिताहरूका कानमा पनि पुग्यो । ती दरिद्रतामा भागेका ब्राह्मण अब आफ्नो सम्पन्न ससुरालीमा फर्केर आएका थिए ।
पुत्रक अब राजा बनिसकेको थियो । उसको राज्यमा सुखी र सन्तुष्ट थिए । अब अनिकाल पर्दै थियो । वर्षा समयमा हुन्थ्यो । खेतहरूमा बालीहरू झुल्ने गर्दथे । प्रजाहरू भोकै सुत्नु पर्दैनथियो कहिल्यै ।
ती तीन लुब्ध ब्राह्मणहरू आफ्नो ससुरालीमा केही समय त मोज गरेरै बसे । धन उडाउँथे, मन लागेको ठाउँमा जान्थे मिष्ठान्न भोजन गर्दथे । तर, तीनै काम भने केही गर्दैनथे ।
एकदिन तिनको मनमा पाप आएर बास गर्यो । केही दिन त कुरा मनमै खेलाएर बस्ने तर केही समयपछि तिनको लोभले सीमा नाघ्यो । एकदिन तीनैजना जंगलको एकान्तमा गएर सल्लाह के योजना गर्न थाले ।
एउटाले भन्यो– ‘यो हाम्रो पुत्र त हो, तर तै पनि यसको सम्पत्ति हाम्रो होइन । यसको उपाय त गर्नै पर्यो ।’
अर्काेले ‘उपाय त एउटै छ ।’
तेस्रोले सोध्यो ‘के ?’
‘पुत्रकलाई सुटुक्क बधिकद्वारा मृत्युदान दिने ।’
ती तिनै पुत्रकका पिताहरू नै थिए । पुत्रक राजा भए पनि तिनको बयान भुइँमा खस्न नपाउँदै पुर्याइदिन्थ्यो । सबै किसिमको छुट थियो ।
तर लोभको सीमा कसैले आजसम्म कोर्न सकेको छ र ?
यी तीनै, जसमा पुत्रकको जन्मदाता पिता पनि थियो, पुत्रकको हत्या गरेर राज्य सुख भोग्न सहमत भए । एकदिन तिनले गोप्य रूपमा एक बधिकलाई बोलाएर भने ‘तँ पुत्रकको हत्या गरिदे, हामी तँलाई धन दिन्छौं ।’
बधिक पेशेवर त थियो त राजाकै हत्या गर्न त्यो अलि हच्क्यो, भन्यो– तर उहाँको महलमा गएर कसरी हत्या गर्ने ? त्यसमाथि राजाको हत्या गरेर पाइने यति धन पर्याप्त छैन ।’
पुत्रकका ती पापी पिताले अझै धन दिने वाचा गरे । बधिक त्यसपछि हत्या गर्न राजी त भयो, तर कसैको पनि हत्या गर्न एकान्त चाहिन्छ ? राजाका त चारैतिर अंगरक्षक हुन्छन्, यो दुविधा थियो । ती ब्राह्मणले आवश्यक सूचनापछि दिने भनेर बधिकलाई फर्काइदिए । तीनैजना राजा पुत्रकलाई एकान्तमा कसरी पार्ने भन्ने सल्लाहमा लागे । केही दिनपछि तिनले आफ्नो योजनाको पूर्ण खाका तयार पारे र छुट्टिए ।
राजा पुत्रक बिहान सधैं लामो समयसम्म विभिन्न देवी देवताको पूजा पाठमा बिताउँथे । त्यसपछि मात्र ऊ आफ्नो दरबारमा बसेर प्रजाजनको दुःख फरिमाद सुन्ने गर्दथ्यो । र न्याय गर्दथ्यो । न्यायी राजको फैसलाले प्रजा प्रसन्न भएर फर्कन्थे ।
बाँकी अर्काे अंशमा…
प्रतिक्रिया