देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा विभिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

देशान्तर

काठमाडौँ – महालक्ष्मीविकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।

यस बैंकको थापाथली शाखाद्वारा त्रिपुरेश्वर, काठमाडौंमा अवस्थित नेपाल दृृष्टिविहिन कल्याण संघमा अध्ययनरत बालबालिकाहरुको लागि ब्रेल पुस्तक तयार गर्न १८७५ थान ब्रेल पेपर हस्तान्तरण गरिएको छ ।

दृष्टिविहिन भएकाहरुको संरक्षण गदैं उनीहरुको स्वास्थ्य र शिक्षमा समेत सहयोग प्रदान गर्ने सामाजिक कार्यमा लामो समयदेखि सक्रिय उक्त संस्थामा अध्ययनरत बालबालिकाहरुको शिक्षामा थप टेवा पुगोस् भन्ने उद्देश्यले बैंकले सहयोग प्रदान गरेको हो ।

त्यस्तै बैंकको न्युरोड शाखाले सराङकोट धार्मिक एवं पर्यटक क्षेत्र विकास समितिलाई पंञ्चमुखिगणेश मुर्ती स्थापनाको लागीअक्षेरुपीपचास हजार रुपैयाको आर्थिक सहयोग प्रदान गरेको छ । धार्मिक एवं पर्यटकिय क्षेत्र विकासमाथप टेवा पुगोस् भन्ने हेतुले बैंकले उक्त आर्थिक सहयोग प्रदान गरेको हो ।

यसैगरि बैंकको ठुटिपिपल शाखाद्वारा ओमसत्तिया गाँउपालिका वडा नं १, रुपन्देहीमा अवस्थित श्री गंगाविशुन आधारभूत विद्यालयलमा अध्ययनरत बालबालिकाको लागि बालउद्यान सम्बन्धी िपङ्ग, ढिके पिङ्गलगायतका सामाग्री हस्तान्तरण गरिएको छ । मनोरञ्जनका गतिविधिहरुले बिद्यार्थीहरुको सर्वाङ्गिण विकासमा सहयोग पु¥याउने हुदा बैंकले बालउद्यानकालागि सामाग्री हस्तान्तरण गरेको हो ।

उल्लेखित कार्यक्रम सँगसगै बैंकको रुकुम शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत जिल्लाप्रहरी कार्यालय रुकुम (पश्चिम)लाई मिटिङ टेबुल निर्माण गरी हस्तान्तरण गरिएको छ । प्रहरी कार्यालयको हाताभित्र सञ्चालनमा रहेको बैठक कक्षमाविभिन्न बैठक तथा प्रशिक्षण कार्यक्रमहरु सञ्चाल नगर्न सहजता होस् भन्ने उद्देश्यले बैंकले उक्त कक्षमा मिटिङ टेबुल निर्माण गरेर जिल्लाप्रहरी कार्यालयलाई प्रदान गरेको हो ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।