देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाजुरामा कांग्रेसका सहमहामन्त्री पाण्डे विजयी

देशान्तर

काठमाडौं – बाजुरामा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार पाण्डे एमालेका कर्णबहादुर थापालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

आइतबार आएको परिणाम अनुसार पाण्डेले थापालाई ५ हजार ३ ६० मतान्तरले पराजित गरेका हुन् ।

पाण्डेले ३१ हजार ७८९ मत पाउँदा एमालेका स्थानीय कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज थापाले २६ हजार २४८ मत प्राप्त गरेका छन् ।