देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्याङ्जा २ मा नेपाली कांग्रेसका उपसभापति गुरुङ निर्वाचित

देशान्तर

काठमाडौं – मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तर्गत स्याङ्जा २ बाट नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ५ हजार ६२७ मतान्तरसहित निर्वाचित भएका छन् ।

शनिबार राति सकिएको मतगणना अनुसार धनराजले ३१ हजार ४६६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सचिव पदमा अर्यालले २५ हजार ८३९ मत पाएकी छिन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ८ हजार ११३ मत पाएका छन् । १ लाख १६ हजार ६७८ मतदाता रहेको क्षेत्रमा ७० हजार १ सय ९१ मत खसेको थियो ।