देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकार गठनबारे सबै विकल्प खुला राख्ने माओवादीको निर्णय

एमाले-माओवादी मिल्नसक्ने आशंका

देशान्तर

काठमाडौं- नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि जोसुकैसँग मिलेर गर्न सकिने विकल्पलाई खुल्ला राखेकाे छ । शनिबार चुनावी समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न बोलाइएको बैठकमा यस्तो निर्णय भएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।

एमालेसँग माओवादी मिल्नसक्ने आशंका भईरहँदा सो पार्टीले सरकार गठनका विकल्पहरु खुल्ला राखेको हो । एमाले नेताहरुले पनि माओवादीलाई सँगै मिलेर जानका लागि आह्वान गरिरहेका छन्। कुनै पनि दलकाे स्पष्ट बहुमत नआएका कारण सरकार कसरी बन्छ भन्ने अन्याैलता कायमै छ ।

उपाध्यक्ष महराले बर्तमान गठबन्धन छोड्ने निर्णय भने नगरेको स्पष्ट पारे। माओवादीले पहिलो चरणमै आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गर्दैं आएको छ। बैठकमा चुनावी नतिजाबारे भएको र अपेक्षा गरेजस्तो नजिता नआएको माओवादीको निष्कर्ष छ ।