देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गगन थापालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्छु : महामन्त्री शर्मा

देशान्तर

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन परिणामले नेपाली कांग्रेस पहिलो शक्ति बनेकाले नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

उनले राजनीतिक परिवर्तनको एजेण्डा अब नरहेको र मूलकलाई रूपान्तरण गरेर अघि बढ्नु पर्ने दायित्व रहेकाले त्यसलाई पूरा गर्न अबको सरकार लाग्ने बताएका हो । राजनीतिक परिवर्तनको एजेण्डा होइन अब हाम्रो पुरै ध्यान सामाजिक रूपान्तरणको मुद्दामा केन्द्रित हुनुपर्छ र म त्यसमा केन्द्रित हुनेछु, झापाको मेचीनगरमा रोटरी क्लब अफ काँकडभिट्टाको कार्यक्रममा बोल्दै शर्माले भने । मूलक रूपान्तरणका लागि हामी सबै रूपान्तरित बन्नुपर्छ, उनको भनाइ थियो ।

समाज रूपान्तरणमा सामाजिक संघसंस्थाहरुको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिँदै समाज रूपान्तरण हुँदै गएपछि मूलक नै रूपान्तरण हुने जनाए ।

ुुहामी र हाम्रो समाजलाई रूपान्तरण गर्दै लगेपछि मूलक नै रूपान्तरित हुन्छ, शर्माले भने । बोलीमा भन्दा पनि व्यवहारमा रूपान्तरित हुनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

झापाका क्षेत्र नं। १ बाट प्रतिनिधि सभा सदस्यमा नव निर्वाचित शर्मा केही दिन अघिदेखि गृह जिल्लामा झापामा विभिन्न कार्यक्रमहरूमा सहभागी हुँदै आएका छन् । उनले अब प्रधानमन्त्रीमा पार्टी सभापति शेरबहादुर देउवाले विकल्प दिनेमा आफू आशावादी रहेको पनि बताएका छन् ।

ुुमैले त यसभन्दा अघि नै बारम्बार पार्टीका अर्का महामन्त्री गगन थापालाई संसदीय दलको नेता र प्रधानमन्त्रीमा प्रस्ताव गर्छु भनेर प्रतिबद्धता गरिसकेको छ, उनले भने ।