काठमाडाैं – प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सातौ स्थानमा रहेको सीके राउत नेतृत्वको जनमत पार्टीले नेपाली कांग्रेससँग संघ र प्रदेशमा सहकार्य गर्ने भएको छ ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग आज बालुवाटारमा भेटेर अध्यक्ष राउतले भेटेर गठबन्धन र दुबै तहमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका हुन् ।
कांग्रेस नेता विमलेन्द्र निधिले देउवा र राउतबीच भेटको प्रवन्ध मिलाएका हुन् । बिहीबार दिउँसो राउतलाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए । निधिले वार्ता सकारात्मक र परिणाममुखी भएको उल्लेख गर्दै ‘गठबन्धन र कांग्रेससंग संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको ट्विटरमा उल्लेख गरेका छन् ।
जनमत पार्टीले समानुपातिक पद्धतिको मतगणनामा पनि हालसम्मको गणनामा उसले ३ प्रतिशतको थ्रेसहोल्ड पार गरिसकेको छ ।निधि र राउतबीच बुधबार निधिको निवासमा भेट भएको थियो ।
प्रतिक्रिया