देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कामपा–१९ उन्नाइसमा कांग्रेस विजयी

देशान्तर

काठमाडौं । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नं १९ मा नेपाली काँग्रसको पूरै समूह विजय भएको छ ।

अध्यक्षका उम्मेदवार काँग्रेसका शशीलाल श्रेष्ठले एक हजार ८९९ र उनका प्रतिद्वन्द्वी नेकपा एमालेका आनन्द शाहीले ८२१ मत पा्रप्त गरे।

त्यसैगरी महिला सदस्यमा रेणुकमल शाही एक हजार २३१ मत प्राप्त गरे । दलित महिला सदस्यमा भने काँग्रेसका तर्फबाटै रञ्जिता परियार निरविरोध निर्वाचित भइसक्नुभएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए ।

खुला सदस्यमा काँग्रेसकै तर्फबाट चन्द्रमान डङ्गोल एक हजार १२६ र मधुसूदन प्रधान एक हजार १५२ मत प्राप्त गरी विजयी भयो । हालसम्ममा कामपा–१, २,३, ५, १९, २२, २३, २४, २५, २६, २७, २८, २९ र ३० को मतगणना सम्पन्न्न भइसकेको छ । हाल ४, ६, ७, ८, ९, १५, १७, १३, १८, २०, २१, ३१, ३२ वडाको मतगणना जारी छ ।