देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चीनका पूर्वराष्ट्रपति चियाङ चेमिनको ९६ वर्षको उमेरमा निधन

देशान्तर

चीनका पूर्वराष्ट्रपति चियाङ चेमिनको निधन भएको छ ।
रक्तकोषिका र श्वेत रक्तकोषिकामा भएको अकल्पनीय उतारचढाव तथा बहुअङ्ग समस्याका कारण साङ्घाईमा बुधवार दिउँसो उनको निधन भएको हो ।

नेता चियाङ ९६ वर्षका थिए । केहीबेर अघि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को केन्द्रीय समितिले उनको निधनको घोषणा गरेको हो ।

पूर्वराष्ट्रपति चियाङले सन् १९८९ देखि २००२ सम्म सीपीसीको महासचिव, त्यही वर्षदेखि सन् २००४ सम्म केन्द्रीय सैन्य आयोगको अध्यक्ष तथा सन् १९९३ देखि २००३ सम्म राष्ट्रपतिका रूपमा चीनको नेतृत्व गरेका थिए ।

उमेर र शारीरिक अस्वस्थताका कारण नेता चियाङ बितेका तीन वर्षयता सार्वजनिकस्थलमा देखिएका थिएनन् । तीन वर्षअघि उनले तत्कालीन प्रधानमन्त्री ली फङको अन्त्येष्टिमा सहभागी भएका थिए ।