काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी ५ वर्षमा गोरखाका जनताले देख्ने, बुझ्ने र महशुस गर्ने गरी विकासलाई गति दिने बताएका छन् ।
गोरखा–काठमाडौं सम्पर्क मञ्चद्वारा मंगलबार ललितपुरको खुमलटारमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हो । राजनीतिमा देखापरेका आवेग, असन्तुष्टि र निराशालाई सम्बोधन गर्ने ढंगले अघि बढ्ने बताएका हो । जसका लागी गोरखाली जनताको विश्वासको बलमा अघि बढ्ने उनको तर्क छ ।
सुशासन र विकासबाट नै जनतामा भ्रम छर्ने प्रवृतिलाई परास्त गर्न सकिने समेत उनले बताएका छन् । राष्ट्रलाई एकता, समृद्धि र सुशासनतिर लैजाने उपयुक्त थलो गोरखा भएको समेत उनले बताए । गोरखाका जनताको भरोसा र विश्वासको बलमा राष्ट्रिय एकता समेत कायम गर्ने उनको भनाइ छ ।
प्रतिक्रिया