देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चीनमा ‘शून्य कोभिड नीति’ विरुद्धको प्रदर्शन ठूला शहरमा फैलिदै

देशान्तर

काठमाडौँ – चीनमा कोरोना नियन्त्रणका लागि लागू गरिएको ‘शून्य कोभिड नीति’ विरुद्ध ब्यापक प्रदर्शन भएको छ ।

चीन सरकारले पछिल्लो समय कोरोना संक्रमणदर बढेको भन्दै देशका केही शहरहरुमा गरेको लकडाउन, कोरोना परीक्षण र क्वारेन्टिनको नियम विरुद्ध प्रदर्शन भएको हो । राजधानी बेइजिङ र सांघाईमा एकसाथ भेला भएका प्रदर्शकारीहरुले चीनका राष्ट्रपति सि जिनिपिङको राजीनामा समेत माग गरेका छन् ।

चीनको एक अपार्टमेन्टमा हालै भएको आगलागीमा क्वारेन्टिनमा बसेका १० जनाको मृत्यु भएपछि रूष्ट बनेका चिनियाँ नागरिकहरुले चीन सरकारविरुद्ध गरेको प्रदर्शनका कारण जनजीवन अस्तब्यस्त बनेको छ । लकडाउनका कारण सोही अपार्टमेन्टमा आगलागी हुँदा उद्धार गर्न कठिनाई भएको भन्दै सर्वसाधारण आक्रोशित बनेका हुन् ।

प्रदर्शनकारीहरूले कोरोना विरुद्धको नियम खुकुलो नपारे आन्दोलन चर्काउने धम्की समेत दिएक छन् । चीनमा गत बुधबार एकैदिन ३१ हजार ५ सय २७ जनामा कोरोना संक्रमण भएपछि नियन्त्रणका लागि चीन सरकारले देशका विभिन्न शहरहरुमा लकडाउन गर्नुका साथै कोरोना परीक्षणलाई तीब्रता दिएको छ ।