देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुदूरपश्चिम प्रदेशमा बाम-लोकतान्त्रिक गठबन्धनको स्पष्ट बहुमत

देशान्तर

काठमाडौं – सुदूरपश्चिमका ३२ प्रदेशसभा सीटमध्ये सत्ता गठबन्धनले २२ सिटमा बिजय हासिल गरेको छ । सुदूरपश्चिम प्रदेशसभामा एमालेले ३ क्षेत्रमा मात्र जित हात पार्यो । बरु त्यहाँ नवगठित नागरिक उन्मुक्ति पार्टीले ५ सिट जितेक‍ो छ । यस हिसाबले सुदूरपश्चिम प्रदेशसभामा सत्ता गठबन्धनलेक्लिन स्विप गर्दै स्पष्ट बहुमत हासिल गरेको छ ।

गठबन्धनमा कुनै गडबडि नआए आगामी ५ वर्ष सुदूरपश्चिम प्रदेशमा बाम-लोकतान्त्रिक गठबन्धनको स्थिर सरकार हुनेछ । ईकल रुपमा सरकार बनाउन कुनै पनि दल सँग स्पष्ट बहुमत नभएको अवस्थामा त्यहाँ मिलिजुलि सरकार नै बन्ने पक्का छ ।

सुदूरपश्चिमका ३२ प्रदेशसभा सीटमध्ये नेपाली कांग्रेसले ११ वटा सिटमा जित हात पारेको छ । नवनिर्वाचित सुदूरपश्चिम प्रदेशसभामा कांग्रेस नै सबैभन्दा ठुलो दल हो । सत्ता गठबन्धनमा कांग्रेसको भागमा १८ सिट थियो जसमध्ये उसले ११ सिटमा जीत हासिल गरिसकेको छ ।

कांग्रेसका प्रदेशसभा सारथिहरुमा कैलालीका कमल शाह, प्रकाश बम तथा प्रकाश देउवा छन भने कञ्चनपुरका बेलबहादुर राना मगर, बहादुरसिंह थापा तथा देवानसिंह विष्ट छन् । यसैगरी दार्चुलामा विक्रम धामी, बझाङमा पृथ्वीबहादुर सिंह, बैतडीमा शिवराज भट्ट तथा अछाममा मेघराज खड्का र मानबहादुर रावल विजयी हुँदै सुदूरपश्चिम प्रदेशसभामा पुगेका छन् ।

माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशसभामा ८ सीट जितेको छ । प्रदेशसभाका लागि सत्ता गठबन्धनमा माओवादीक‍ो भागमा १२ वटा क्षेत्र परेको थियो ।

सुदूरपश्चिम प्रदेशसभामा माओवादीका तर्फबाट कैलालीमा रमेश धामी, डडेल्धुरामा खगराज भट्ट, कञ्चनपुरमा ओमविक्रम भाट, बझाङमा भीमबहादुर भण्डारी, डोटीमा शिवसिंह ओली, अछाममा झपटबहादुर साउद र अक्कल रावल तथा दार्चुलामा मानबहादुर धामी विजयी भएका छन् ।

सुदूरपश्चिमक‍ो प्रदेशसभाका लागि एमालेले ३० स्थानमा उम्मेदवार खडा गरेको थियो । कैलाली र कञ्चनपुरको एक – एक क्षेत्र खाली राखेर ३० स्थानमा दिएको उम्मेदवारीमध्ये एमालेले (कैलाली ५ (१) बाहेक ) ३ क्षेत्रमा मात्र जित हात पारेको छ । एमालेले जितेका ठाउँ डोटी, बैतडी र कञ्चनपुरका एक-एक क्षेत्र हुन । डोटी बाट चक्र मल्ल, बैतडी बाट सुरेन्द्र पाल तथा कञ्चनपुर बाट वीरबहादुर थापा एमालेका लागि सुदूरपश्चिम प्रदेशसभाका सारथि हुन् ।

सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादीले प्रदेशमा २ सिट पाएको थियो जसमध्ये कैलाली ४ (१) मा दीर्घ सोडारी विजयी भए भने ३ (२) मा अमर साउद पराजित भए । कञ्चनपुर ३ (१) मा प्रकाश रावल समाजवादीका एकल उम्मेदवारका रुपमा विजयी भएका छन । त्यहाँ गठबन्धन दलहरुबिच नै प्रतिस्पर्धा भएको थियो ।

सुदूरपश्चिममा नागरिक उन्मुक्तिले ५ सिट जितेक‍‍‍ो छ । नागरिक उन्मुक्तिका पाँचै जना कैलालीबाट विजयी भएका हुन् जसमा घनश्याम चौधरी, खुसीराम थारु, लक्ष्मणकिशोर चौधरी, कैलाश चौधरी तथा रामेश्वर चौधरी छन ।

सुदूरपश्चिम प्रदेशमा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी पनि विजयी भएका छन् । डडेल्धुरा प्रदेशसभा – २ को सिट नेकपा एस लाई नदिईए पछि उनले सत्ता गठबन्धनविरुद्ध बिद्रोह गर्दा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।