काठमााडौँ – ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यो अन्तरराष्ट्रिय फुटबल प्रतियोगितालाई लक्षित गरेर “फुटबल हङ्गामा”नामक योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत ग्राहकहरुले टिसिएल टेलिभिजनको खरिद गर्दा आकर्षक नगद छुट र फ्री टीसर्ट प्राप्तगर्न सक्ने कम्पनीले जनाएको छ । साथै टिसिएलका कुनै पनिहोम इन्टरटेनमेन्ट र होम एप्लायन्स उत्पादनहरु खरिद गर्दा १ भाग्यशालीग्राहकले बम्पर उपहार अन्तर्गत ६५ इन्चको फोरके टेलिभिजनपनिजित्न सक्नेछन।
ग्राहकहरुले आफुलाई बम्पर उपहारमा सहभागी गराउन टिसिएल टाईप गरि आफ्नो नाम र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखि ३१००३ मा एस् एम एस् गर्नुपर्नेछ। यो योजना मङ्सिर १ गतेदेखि सीमित अवधिकालागि नेपालभरी लागू हुने कम्पनीले जनाएको छ । यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो, एक्सचेन्जअफर र शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ।
टिसिएल ब्राजिलियन राष्ट्रिय फुटबल टोलीको आधिकारिक विश्वव्यापी प्रायोजक पनि हो। नेपाल अधिराज्यभर टिसिएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजीइओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।
कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रबिभवन, किर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, नयाँबजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन।
प्रतिक्रिया