काठमाडौँ — बुधबार पनि सेयर बजारको परिसूचक नेप्से घटेको छ ।
७.७ अंक घटेर नेप्से १९२१ अंकमा कायम भएको छ । कारोबार रकम १ अर्ब २ करोडमा खुम्चिएको छ ।
बैंकिङ ६, विकास बैंक ०.२, फाइनान्स १, होटल तथा पर्यटन ४, जलविद्युत् १०, जीवन बीमा २४, माइक्रोफाइनान्स १७, निर्जीवन बीमा २४ र अन्य उपसमूह ११ अंक घटे । उत्पादन ४० तथा ब्यापार उपसमूह ५ अंक बढे ।
सिभिल बैंक र घलेम्दी हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो । जानाकी फाइनान्स र पिपुल्स पावरको मूल्य ५ प्रतिशत बढ्यो । स्टान्डर्ड चार्टडको ४.७ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा नेपाल बैंक, हिमालयन डिस्टिलरी, सिभिल बैंक, शिवम् सिमेन्ट र नेसनल लाइफ इन्स्योरेन्स क्रमशस् अगाडि रहे ।
बजारको पुाजीकरण २७ खर्ब ६४ अर्बमा झरेको छ ।
प्रतिक्रिया