देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एलजीको टेलिभिजन प्रडक्ट रेन्जमा आकर्षक क्यास ब्याक अफरको घोषणा

देशान्तर

काठमाडौँ – नेपालको नम्बर १ टिभी ब्रान्ड एलजीले आफ्ना टेलिभिजन उत्पादनहरुमा आकर्षक क्यास ब्याक अफरको घोषणा गरेको छ ।

खेलकुदको मौसममा नेपाली दर्शकले चाहेको गुणस्तरीय टेलिभिजनको आवश्यकतालाई केन्द्रित गर्दै कम्पनीले एलजी टिभी हरेक खेलप्रेमीका लागि उपयुक्त विकल्प हुने विश्वास लिएको छ ।

यो क्यास ब्याक क्याम्पेन, स्टेडियम कम्स होम, एलजीको टिभीहरुका लागि मात्र हो । यसमा ओलेड, नानोसेल, युएचडी र स्मार्ट टिभीहरुका विभिन्न आकर्षक मोडलहरु समावेश छन् । ग्राहकहरुले यी टिभीहरु देशभरका कुनै पनि एलजी शोरुम र एलजीको अधिकृत विक्रेताहरुकोमा गएर खरिद गर्न सक्नुहुनेछ ।

”एलजी नेपालले आफ्ना ग्राहकहरुलाई सधैं विश्वस्तरीय प्रविधिको अनुभव प्रदान गर्ने प्रयास गर्दै आएको छ । यो अफर क्याम्पेन त्यही निरन्तर प्रक्रियाको एक हिस्सा हो जहाँ हामी हाम्रा ग्राहकहरुले यस मेगा स्पोर्टिङ इभेन्टको हरेक पलको आनन्द लिनुहोस् भन्ने चाहन्छौं, मुकेश बैठा, ब्रान्ड म्यानेजर, एलजी नेपालले भने ।
३५% सम्म क्यास ब्याक बाहेक ग्राहकहरुले एलजी नानोसेल टिभीको साथ निःशुल्क एलजी साउन्ड बार, निःशुल्क एलजी सर्टिफाइड इन्स्टलेसन, एलजी लोयल्टी क्लब रिवार्ड प्रोग्राम, ०% आकर्षक ईएमआई अप्सन, निःशुल्क डेलिभरी र एक्सचेन्ज अफर पनि पाउनुहुनेछ ।
”नेपाली ग्राहकहरुले केही खरिद गर्दा उत्पादन भन्दा अरु पनि आशा राख्दछन् । उनीहरु र ब्रान्ड बीचको सम्बन्धको आशा गर्दछन् । ग्राहकहरु र ब्रान्डबीचको यो भावनात्मक सम्बन्धले हामीलाई यो क्यास ब्याक अफर ल्याउन मद्दत ग¥यो जसले आफ्ना साथी र परिवारसँग फुटबल हेर्ने अनुभवका साथै धेरै सेवा र सुविधाहरु पनि प्रदान गर्दछ,” गौरव हमाल, डिजिएम–मार्केटिङ र ब्रान्ड व्यवस्थापन, विस्तारमा उत्साहका साथ भन्छन् ।
एलजीको बारेमा
टेक्नोलोजी र कन्ज्युमर इलेक्ट्रोनिक्समा विश्वव्यापी आविष्कारक एलजी ईलेक्ट्रोनिक्समा विश्वको लगभग सबै राष्ट्रहरुमा उपस्थित छ जसमा ७५,००० भन्दा बढीको कार्यबल रहेको छ । दक्षिण कोरियाको सियोलमा मुख्यालय रहेको एलजीले २०२१ मा ६३ अर्ब अमेरिकी डलरभन्दा बढीको विश्वव्यापी बिक्री देखाएको छ । एलजीको उपभोक्ता र व्यावसायिक उत्पादनहरु, जस्तै टिभी, घरेलु उपकरण, एयर सोलुसन्स, मनिटर, सर्भिस रोबोट, अटोमोटिभ कम्पोनेन्ट, प्रिमियम एलजी सिग्नेचर र ईन्टेलिजेन्ट एलजी थिङ्कक्यु ब्रान्डहरु विश्वभर परिचित छन् ।